punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फोर्ड एन्डेभरको २०२० मोडलको कार बजारमा, यस्ता छन् थुप्रै विशेषता

Chaupati
safha napa

काठमाडौं, असार २२ । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ। गाडीको मूल्य एक करोड ४९ लाख रुपैयाँ राखिएको कम्पनीले जनाएको छ। यो गाडी विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन युक्त गाडी हो ।

कम्पनीका अनुसार नयाँ २ लिटरको इकोव्लु डिजेल इन्जिन जडान गरिएको फोर्ड एन्डेभरको २०२० मोडलको गाडीले इन्धन खपत १४ प्रतिशतसम्म कम गर्छ भने गाडीलाई १७० पिएस पावर र ४२० एनएम टर्क प्रदान गर्छ।

यो सेलेक्ट सिफ्ट टेक्नोलोजी युक्त सेग्मेन्टको पहिलो गाडी हो भने यस गाडीमा दायरामा रहेर गियर लक गर्न सकिने कम्पनीले जनाएको छ। पूर्णसुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ।

त्यसैगरी, यस कारमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ भने गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधि जडान गरिएको छ। १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएको, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्ट रहेको कम्पनीले जनाएको छ।

एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्ने कम्पनीले दाबी छ। २०२० फोर्ड एन्डेभरमा उन्नत २ ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ। विशिस्ट इन्धन क्षमता रहेको छ भने यसले १२ दशलमव ४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ।

फोर्ड इको ब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबलएकाई घटाएको कम्पनीले जनाएको छ। उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू जडान गरिएका छन्। ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ।

त्यसैगरी, सेलेक्ट सिफ्ट सहित पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्चगतिका साथयात्रा गर्न सकिने कम्पनीले जनाएको छ।


२२ असार २०७७, सोमवार ०३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु