आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ ।
हिजो आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला २०० रुपैयाँले बढेको हो । सोही परिमाणको तेजावी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार पाँच रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
१७ जेठ २०७८, सोमवार ११:४९ बजे प्रकाशित





























