बालिकाको गर्भमा ६ महिनाको बच्चा
पर्वत, असार २२ । पर्वतको कुस्मा बजारमा एक १५ वर्षीया बालिकाको गर्भमा ६ महिनाको बच्चा रहेको घटना सार्वजनिक भएको छ ।
कुस्मा बजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार गरेपनि पीपिडतले असारको तेस्रो साता मात्र प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको छ ।
फेसबुकबाट चिनजान भएकी बालिकालाई विबाहको प्रलोभनमा पारेर श्रेष्ठले पौष २ गते कुस्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेको पीडितले बताएकी छन् ।
आरोपित श्रेष्ठ कुस्मा नगरपालिका वडा नं ५ मा बस्दै आएका छन् । बलात्कारको आरोप लागेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
२२ असार २०७७, सोमवार ०३:५५ बजे प्रकाशित































