#belauri nagarpalika
#belauri

कैलाली उद्योग वाणिज्य संघले गर्‍यो खो खो खेलका खेलाडीलाई सम्मान

#belauri
#bhimdat

धनगढी। कैलाली उद्योग वाणिज्य संघले खो–खो खेलको विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ ।

एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सोमबार धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् । प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए । सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो ।

नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।


२१ माघ २०८१, सोमवार १७:०२ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु