सभामुखमा कांग्रेसका रावलको पक्षमा २० र विपक्षमा २८ मत
कैलाली । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मत खसेको छ ।
उनीको विपक्षमा २८ मत आएको हो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ सांसद आवश्यक पर्छ । अब माओवादीका भीम भण्डारीको पक्षमा मतदान सुरु भएको छ ।
आज ४८ जनले मतदान गरेका हुन् ।
३ माघ २०७९, मंगलवार १०:५० बजे प्रकाशित































