माघ १ गते होटेल पौवाले माघी परिकार निःशुल्क खुवाउने
कैलाली । माघे सङ्क्रान्ति अवरमा धनगढी स्थित होटेल पौवाले निःशुल्क माघी परिकार खुवाउने भएको छ ।
माघ १ गते तरुल,ढिक्रि, तिलको लड्डु,सकर गन्जी लगायतका परिकारहरू निःशुल्क खुवाउने व्यवस्था गरेको छ । माघी पर्वको अवसरमा आत्मीयता र भाइचारा बढाउने उद्देश्यले माघी परिकारको निःशुल्क व्यवस्था गरिएको पौवा ब्रान्च म्यानेजर महेश सिंहले जानकारी दिए ।

यस अघि होटेल पौवाले पुस १५ देखी निःशुल्क कपी र चियाको पनि व्यवस्था गरेको थियो । उक्त अभियानमा सयौँ सहभागी भएको सिंहले बताए ।
‘हामी सेवाग्राही तथा सुभ चिन्तकहरुसँग घुलमिल हुन चाहन्छौँ माघ १ गते पनि उहाँहरूसँगै माघी मनाउन निःशुल्क माघी परिकारको व्यवस्था गरिएको हो’ उनले भने ।
३० पुस २०७९, शनिवार १७:१३ बजे प्रकाशित






























