punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एलपीएलको सातौँ संस्करण माघ २१ गतेबाट, विजेताले २ लाख ५१ हजार १ सय ११ पाउने

Chaupati
safha napa

कैलाली । लिटिल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण आगामी माघ २१ गतेबाट सञ्चालन हुने भएको छ।

आयोजक लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २१ गतेदेखि फागुन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ। प्रतियोगिताको यो संस्करण धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

सातौँ संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उप विजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजनाले जनाएको छ ।

प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ।

प्रतियोगिताको यो संस्करणमा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ।


२९ पुस २०७९, शुक्रवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु