punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्पर्कविहीन भएका सभाध्यक्ष साझ सम्म संसद्मा आएनन्, तत्काल बैठक बोलाउन बहुमत सदस्यको माग (पत्रसहित)

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशका बहुमत प्रदेश सभा सदस्यहरूले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न माग गरेका छन् ।

आज प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा २९ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सभा सचिवालयमा ध्यानाकर्षण पत्र दर्ता गरिएको हो ।

आज बिहान ११ बजे बैठक बस्ने भन्दै हिजो साँझ बैठक स्थगित गरिएको थियो । आज दिनभर बैठक बस्न सकेन। प्रदेश सभामा ज्येष्ठ सदस्य शिवराज भट्ट बैठक अनिश्चित समय सम्मका लागि स्थगित गरेर सम्पर्क विहीन भएपछि सत्तारुढ दलका २९ जनाले तत्काल बैठक बोलाउन आह्वान गरेका छन् ।

आज बुझाइएको ध्यानाकर्षण पत्रमा माओवादीका ११, एमालेका १० , नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले हस्ताक्षर गरेका छन् ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुबै उम्मेदवारले बहुमत पाउन सकेनन् ।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनका सांसदहरूले तत्काल बैठक बोलाएर सभामुख निर्वाचन प्रक्रियालाई अघि बढाउनु पर्ने माग गरिरहेका छन् ।

No description available.

No description available.


२९ पुस २०७९, शुक्रवार १९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु