punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश १ सरकार विस्तार, माओवादीका २ र एमालेका १ मन्त्री थपिए

Chaupati
safha napa

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् ।

आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरुको मन्त्रालय तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।विश्वासको मत पाइसकेपछि मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।


२९ पुस २०७९, शुक्रवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु