punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुखको  लागि भण्डारी र रावल मैदानमा, कसले कति पाउलान् मत ?

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी चुनावी मैदानमा छन् ।

भण्डारी बझाङबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् भने रावल अछामबाट निर्वाचित हुन् । भण्डारी र रावल दुबै जना चुनावी प्रतिस्पर्धामा रहेपनि यहाँ भण्डारी निर्वाचित हुने निश्चित जस्तै छ ।
सत्ता गठबन्धनको साथ भएको हुँदा भण्डारीलाई जित सहज भएको हो । उता रावले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीका मात्रै मत पाउने सङ्केत छ । स्वतन्त्र सांसद तारा जोशीले अहिले सम्म कता मत दिने त्यो बताएका छैनन् । तर, सत्ता गठबन्धनमै मत जान सक्ने धेरैले अनुमान गरेका छन् ।

यसरी हेर्दा माओवादीका रावलले आफ्नो पार्टीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ मत पाउने छन् । २७ मत पाउँदा सभामुख निर्वाचित हुने छन् । यी चार दलको मत भण्डारीले पाए उनले २९ मत पाउने छन् । स्वतन्त्र सांसदले पनि भण्डारीलाई साथ दिए भण्डारीले ३० मत पाउने छन् ।

यता कांग्रेसका रावलले आफ्नो पार्टीको १९ र नेकपा एकीकृत समाजवादीको ४ मत मात्रै पाउने सङ्केत छ । यति हुँदा उनको मत २३ हुने छ । स्वतन्त्र सांसदले पनि उनलाई मत दिए २४ हुन्छ  । यति हुँदा पनि रावल निर्वाचित हुन सक्ने छैनन् ।

 


२८ पुस २०७९, बिहीवार ०७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु