punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज सभामुखको निर्वाचन, भण्डारी निर्वाचित हुने निश्चित

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ । दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

निर्वाचन तालिका अनुसार हिजो मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो । निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।

अन्तिम समय सम्म पनि उम्मेदवारी फिर्ता नभएपछि आज यी दुबै बिच सभामुखको लागि चुनाव हुने छ । माओवादी केन्द्रका भण्डारीलाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने कांग्रेसका रावललाई कांग्रेस सहित नेकपा एकीकृत समाजवादीको साथ छ ।

यहाँ एक स्वतन्त्र उम्मेदवार छन् । उनले कता मत दिने भन्ने बारे अझै निर्णय गरिसकेका छैनन्।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४,राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

सत्ता गठबन्धनको साथ हुँदा माओवादीका भण्डारी सभामुखको निर्वाचित हुने निश्चित जस्तै छ ।


२८ पुस २०७९, बिहीवार ०७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु