सरकार र गठबन्धन राष्ट्रिय स्वतन्त्रा र स्वाभिमानको पक्षमा उभिन्छ : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार र गठबन्धन राष्ट्रिय स्वतन्त्रा र स्वाभिमानको पक्षमा उभिने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अहिलेको समीकरण राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको पक्षमा उभिन्छ । कुनै पनि राष्ट्रका नेताहरुले राष्ट्रहितको पक्षमा उभिन्छु भन्न सक्दैन भने त्यो भन्दा निरिहता के हुन्छ ओलीले भने ।
उनले सरकारले जनताका दुस्ख कष्ट हेर्नुपर्ने बताए । मैले अखबारमा पानामा कठ्याङ्ग्रिएर मान्छेको निधन भइरहेको समाचार देखिरहेको छु । यस्ता तत्काल सम्बोधन गर्ने कुरामा ध्यान दिउँ ,ओलीले भने सञ्चारमाध्यमको ध्यान केमा लाग्छ के गर्दा प्रचार हुन्छ भन्ने होइन के गर्दा काम हुन्छ त्यतापट्टि लाग्छौं ।
उनले नयाँ प्रतिनिधिसभाका सांसदले संसद्को गरिमा बढाउने काम गर्नुपर्ने बताए । यस प्रतिनिधिसभाले देशका आवश्यकता र अपेक्षा सम्बोधन गर्ने गरी काम गर्नेछ, ओलीले भने ।
२५ पुस २०७९, सोमवार १४:४४ बजे प्रकाशित






























