कांग्रेसले आफूलाई विश्वासको मत दिने प्रचण्डको संकेत, त्यस्तो सम्भावना कति ?
प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार पार्टी संसदीय दलमा आफूलाई कांग्रेसको समर्थन आउने सम्भावना रहेको बताएपछि नयाँ राजनीतिक सम्भावनाबारे विमर्श सुरु भएको छ ।
प्रचण्डले यसबारे पार्टी बैठकमा विस्तृत त बताएनन्, तर उनले त्यो सम्भावनातर्फ संकेत गरे । ‘कांग्रेसलाई पनि मैले विश्वासको मत मागेको छु, त्यस पार्टीका नेताहरुबाट मैले आफूप्रति सकारात्मक रहेको पाएँ, नतिजा एकदमै राम्रो आउन पनि सक्छ,’ उनलाई उद्धृत गर्दै माओवादी केन्द्रका सांसदले बताए ।
हुन त यो बीचमा नेपाली कांग्रेसले अघिल्लो सत्तागठबन्धनलाई पुर्नजिवित गर्ने प्रयास नगरेको होइन । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनको आशा जिवित राख्ने कांग्रेसको संकेत छ ।
माओवादी केन्द्रसँग दूरी नबढाउने उद्देश्य सहित कांग्रेसले विश्वासको मत दिने सम्भावनालाई कांग्रेसका नेताहरु नकार्दैनन् । वर्तमान सरकारमा कुनै पनि समय समस्या उत्पन्न हुने आकलनले कांग्रेसले नयाँ रणनीति तय गरेको छ । सत्ता सहकार्यका लागि माओवादी केन्द्र नै प्रमुख सारथि हुने निष्कर्षमा कांग्रेसका नेताहरु पुगेका छन् ।
कांग्रेसले प्रचण्डलाई समर्थन गर्नुअघि केही पूर्व शर्तहरु भने चाहेको छ । कांग्रेसले हरसम्भव राष्ट्रपति आफ्नो दलबाट बनाउन खोजेको छ । त्यसका लागि प्रचण्डसँग विश्वास कांग्रेसले खोजेको छ । ‘राष्ट्रपति कांग्रेसबाट हुने अवस्था बने विश्वासको मत दिन्छौं ।’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन् ।
कांग्रेसलाई वास्तविक भय प्रचण्डसँग होइन, एमालेसँग छ । राष्ट्रपति र सभामुख दुबै पद एमालेको पोल्टामा जाँदा राज्यसंरचनामा एमाले हाबी हुन सक्ने कांग्रेसका नेताहरुको बुझाई छ । २०७४ पछि एमालेले राष्ट्रपतिको पदलाई आफू अनुकुल प्रशस्तै उपयोग गर्न सकेको कांग्रेसको निष्कर्ष छ ।
‘राष्ट्रपतिको आडमा ओलीबाट २-२ पटक संसद विघटनको काम भयो । फेरि पनि एमालेबाट राष्ट्रपति हुँदा संविधानमाथि प्रहार नहुने के ग्यारेन्टी छरु’ संस्थापन पक्षका नेता भन्छन् ।
हालको आलोपालो सहमति अन्तर्गत अढाई वर्षमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्छन् । त्यसपछि मूख्य संवैधानिक पदहरुमा एमालेकै हालीमुहाली हुन सक्छ । यो सम्भावित परिस्थितिसँग कांग्रेस झस्केको छ ।
कांग्रेसमा एक तहका नेताहरु माओवादीसँग विश्वास खोज्न लागिरहेका छन् । नेताहरुका अनुसार माओवादीसँग संवाद गर्नका लागि उपसभापति पूर्णबहादुर खड्कालाई सभापति देउवाले खटाएका छन् । अन्य दलसँग संवाद गरी पदको प्रलोभन देखाउनुको विकल्पमा माओवादीलाई टाढा नराख्न कांग्रेसले चाहेका स्पष्ट देखिन्छ ।
अरु दललाई प्रधानमन्त्रीको आश्वासन नदिएको उपसभापति खड्काले स्पष्ट पारेका छन् । ‘निर्वाचनपछि प्रचण्ड र केपी ओलीलाई प्रधानमन्त्री नमानेको कांग्रेसको नेतृत्वले कुनै पनि आबेगमा अरुलाई प्रधानमन्त्री प्रस्ताव गर्यो भन्ने भ्रमबाट सबैलाई मुक्त हुन हाम्रो विनम्र अनुरोध छ,’ खड्का भन्छन् ।
राष्ट्रपति पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सांसदले मत दिनुपर्ने हुन्छ । केन्द्रीय र प्रदेश सभा सदस्यको फरक फरक अंक कायम गरिएको हुन्छ । प्रतिनिधि सभामा संसदमा पहिलो दल कांग्रेस भएकाले स्वभाविक रुपमा उक्त दलको मतभार बढी हुन्छ । संघ र प्रदेशका सांसदको मताधिकार भएकाले माओवादीलाई साथ लिन सके राष्ट्रपति चुनिने अपेक्षा कांग्रेसको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ का अनुसार कार्यकाल सकिनु एक महिना अघि नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्दछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २९ माघमा सकिने छ ।
विश्वासको मत दिनेरनदिने पक्षमा कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा विश्वासको मत दिन नहुने पक्षमा छन् । संस्थापनइतरका नेताहरु विश्वासको मतको विपक्षमा छन् ।
प्रतिपक्ष विहिन संसद बनाउन नहुने तर्क दुई महामन्त्रीको छ । थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए ।
शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भने, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’ गत शनिबार बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिनेरनदिने विषयलाई छलफलको एजेण्डा नै बनाइएको थिएन । मंगलबार विहान पुनः संसदीय दलको बैठक बसेर निर्णय लिने कांग्रेसले स्पष्ट पारेको छ ।
कांग्रेसले पाएको क्षतिलाई पूर्ति गर्न विश्वास मत दिएर अघि बढ्नुपर्ने राय पार्टीभित्र बढीरहेको छ । गठबन्धनलाई धोका दिएको दललाई किन मत दिने एकथरी मत छ । अर्को थरी तर्कबारे संस्थापन पक्षका नेता भन्छन्,‘गठबन्धन छोडेर गएको बैगुनीलाई गुनले पुरानो बाटोमा फर्काउने अवसरका रुपमा विश्वासको मतलाई लिनुपर्दछ ।’
माओवादी कुनै न कुनै रुपमा कांग्रेससँग नजिकिने आकलनले पनि होला, संसदमा बोल्ने क्रममा सभापति देउवा विनम्र सुनिए । विगतको परम्परा हेर्दा संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले सत्ता पक्षलाई आलोचना गर्ने परम्परा थियो । तत्कालीन गठबन्धन भत्किएपछि पहिलो पटक बोल्ने संसदमा बोल्ने क्रममा क्रममा प्रचण्डप्रति देउवा आक्रामक देखिएनन् ।
देउवाले संसदको सम्बोधनमा कसैप्रति गुनासो गरेनन्, बरु नरम सुनिए । बरु प्रधानमन्त्री नियुक्त भएकोमा पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । उनले भनेका छन्, ‘प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, नयाँ मन्त्रिपरिषद् गठन भएको छ । प्रचण्डजीलाई बधाई दिन चाहन्छु, र सफलताको शुभकामना छ ।’ साथै देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरे ।
देउवा नरम हुनुमा उनको भावी सत्ता यात्राको चाहनालाई जोडेर हेरिएको छ । माओवादीले नयाँ गठबन्धन
२५ पुस २०७९, सोमवार १५:२४ बजे प्रकाशित






























