punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा कैलाली प्रहरी प्रमुख पाललाई स्वागत

Chaupati
safha napa
कैलाली । कैलाली उद्योग वाणिज्यले कैलालीमा नयाँ आएका प्रहरी प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ । उद्योग वाणिज्य सङ्घको सभा हलमा कैलालीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पाललाई स्वागत र सम्मान गरिएको हो ।
No description available.
केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएका पाललाई सफल कार्यकालको शुभकामना दिँदै शान्ति सुरक्षामा गम्भीर बन्न आग्रह गरिएको हो ।
No description available.
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले प्रहरी प्रमुख पाललाई मायाको चिनो समेत हस्तान्तरण गरेका थिए । स्वगत र सम्मान पछि प्रहरी प्रमुख पालले कैलालीका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास व्यक्त गरे ।
No description available.
पछिल्लो समय व्यापारीहरू माथि भइरहेका घटना प्रति चिन्ता व्यक्त गर्दै यस्ता घटना हुन नदिन प्रहरी प्रमुखसँग आग्रह गरिएको छ ।

१९ पुस २०७९, मंगलवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु