punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिभुवन विमानस्थलमा मोबाइल जफत गरिएको विषयमा कारबाही अघि बढाउन प्रधानमन्त्री दिए निर्देशन

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विमानस्थलमा मोबाइल जफत गरिएको विषयमा आश्वयक कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

पुस १५ गते वैदेशिक रोजगारबाट आएका नेपाली कामदारले लिएर आएको मोबाइल विमानस्थलका कर्मचारीले जफत गरेपछि यो विषयले चर्चा पाएको थियो।

सोही दिनबाट लागू हुने भनिएको एमडिएमस प्रणालीलाई समेत केही समय पछि सार्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।

दाहालको सचिवालयले भनेको छ, ‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ।’

यस्तै प्रधानमन्त्री दाहालले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने विषयलाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता फुकाउनसमेत निर्देशन दिएका छन्।


१९ पुस २०७९, मंगलवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु