punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुग्यो सुनको मूल्य

Chaupati
safha napa

आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ९०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख २ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि सोमबार भने सुनको मूल्यमा कुनै घटबढ भएको थिएन। सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने कुनै घटबढ नभइ चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

 


१९ पुस २०७९, मंगलवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु