punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले अहिले सम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन ।

एमाले माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरिसक्दा पनि नेपाली कांग्रेसले अझै सम्म दलको नेता छनोट गर्न सकेको छैन । यी सबै पार्टीले सर्वसम्मत रूपले दलको नेता भएन गरिसक्दा काँग्रेसमा आकाङ्क्षी धेरै भएको हुँदा नेता चयनमा ढिलाइ भइरहेको हो ।

अहिले कांग्रेसका आधा दर्जन प्रदेश सभा सदस्य दलको नेता बन्न लागिपरेका छन् । यहाँ काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवा सहित बहादुर सिंह थापा, दिवानसिंह विष्ट, कमल बहादुर शाह, प्रकाश बहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन् ।

अहिले सम्म ढिलाइ भएपनि अब केही दिनमै दलको नेता चयन हुने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताए । २८ गते प्रदेश सभाको बैठक बस्दै छ उक्त बैठकले सभामुख चयन गर्ने छ। त्यो भन्दा अघि नै दलको नेता चयन गरिसक्ने महामन्त्री खड्काले बताए ।

अघिल्लो प्रदेश सभा निर्वाचनमा तेस्रो स्थानमा रहेको कांग्रेस अहिले प्रत्यक्ष तर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट सहित पहिलो स्थानमा छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।


१९ पुस २०७९, मंगलवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु