प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर सुनाए दुई गोप्य कुरा, भने-‘पार्टी एक नरहन सक्छ’
काठमाडौं, असार २१
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भैरहेको बताएका छन् ।
शनिबार साँझ मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री र नेकपाको पार्टी अध्यक्ष दुवै पदबाट हटाउने षडयन्त्र भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सहमतिको कुनै सम्भावना नरहेको जिकिर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि षड्यन्त्र भइरहेको र महाभियोगको तयारी भइरहेको बताएका बैठकपछि बोल्दै एक मन्त्रीले भने ।
उनकाअनुसार प्रधानमन्त्रीले आफूविरूद्ध षड्यन्त्र भइरहेको र पार्टी एक नरहन सक्ने भएकाले मन्त्रीहरूलाई आफ्नो कित्ता क्लियर गर्नसमेत भनेका छन् ।
२१ असार २०७७, आइतवार ००:४७ बजे प्रकाशित






























