कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु

काठमाडौं, असार २० । नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले रुपन्देहीको देबदहका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाबको रिपोर्ट १८ गते आएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना संक्रमणबाटै गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।


२० असार २०७७, शनिवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु