माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट चयन, माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि भट्टलाई
माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ ।
भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् । यस अघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको हो ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेन ।
१७ पुस २०७९, आइतवार ११:१८ बजे प्रकाशित






























