punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा माओवादी संसदीय दलको दोस्रो दिनको बैठक सुरु, सर्वसम्मत नेता चयन गर्ने दाबी

Chaupati
safha napa

कैलाली । माओवादी सुदूरपश्चिम संसदीय दलको दोस्रो दिनको बैठक सुरु भएको छ।

आज बिहान ९ बजेको लागि बोलाएको बैठक करिब डेढ घण्टा ढिलो सुरु भएको हो । आजै दलको नेता सर्वसम्मत चयन गर्ने माओवादी केन्द्रले दाबी गरेको छ । बैठक संसदीय दलको कार्यालयमा बसिरहेको छ । बैठकमा माओवादीका सबै ११ सांसद उपस्थित छन् ।

प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र केन्द्रीय विरभान चौधरी पनि संसदीय दलको बैठकमा सहभागी छन् । अहिले सम्म प्रदेश इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाटले दलको नेतामा दाबी राखेका छन् ।


१७ पुस २०७९, आइतवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु