९ बजे बस्ने भनिएको सुदूरपश्चिम माओवादी संसदीय दलको बैठक अझै सुरु भएन
सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको बैठक अझै सुरु हुन सकेको छैन । हिजो आज बिहान ९ बजे बैठक बस्ने भनिएको थियो ।
१० ः३० हुँदा सम्म पनि बैठक सुरु हुन सकेको छैन । अहिले प्रदेश सभामा अधिकांश प्रदेश सभा सदस्यहरू पुगिसकेका छन् । प्रदेश इन्चार्ज खगराज भट्ट पुग्न ढिलाइ भएको हुँदा बैठक सुरु हुन नसकेको हो । केही बेरमा सुरु हुने बताइएको छ ।
आज बस्ने बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने दाबी गरिएको छ ।
१७ पुस २०७९, आइतवार १०:३७ बजे प्रकाशित































