punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुस २५ देखी नुक्लिपुर होमस्टे उद्घाटन तथा महोत्सव प्रारम्भ

Chaupati
safha napa

कैलालीको गौरीगंगा नगरपालिका–१० मा यहि पुस २५ देखि २९ गतेसम नुक्लिपुर महोत्सव तथा होमस्टे उदघाटन हुने भएको छ ।

नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नुक्लिपुर महोत्सव तथा होमस्टे उदघाटन कार्यक्रमबारे जानकारी दिइएको हो । ‘भाषाकला संस्कृति, जैविक विविधता संरक्षण ओ पर्यापर्यटन प्रवद्र्धन करि’ भन्ने मुल नाराका साथ पहिलो पटक होमस्टे गाउँ नुक्लिपुर महोत्सव २०७९ आयोजना गरेको समितिका सदस्य दिनेश दहितले जानकारी दिए ।

होमस्टेको प्रचारप्रसार, मौलिक हस्ताकलाका प्रवद्र्धनका लाग महोत्सवको आयोजना गरेको नुक्लीपुर सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष भागीराम चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवमा रमाइलो मेला, थारु खानपानको सुविधा, हस्ताकला प्रदर्शनी तथा विक्री वितरण, खुला पुरुष फुटवल प्रतियोगिता, चर्चित थारु कलाकारहरुको प्रस्तुती, थारु गुरुवा शक्ती प्रदर्शन, डलवमा जंगल सफारीकोे कार्यक्रम रहेको आयोजक समितिका मिडिया संयोजक दहितले बताए ।

२०७७ सालमा होमस्टे स्थापना लगत्तै कोरोना महामारी सुरु भएपछि नुक्लिपुर सामुदायिक होमस्टेको विधिवत उदघाटन हुन सकेको छैन । आयोजनाले महोत्सवसँगै होमस्टेको उदघाटन कार्यक्रम पनि राखेको छ । नुक्लिपुरमा हाल ६ घरमा होमस्टे संचालनको लागि तयारी गरेको छ ।


१७ पुस २०७९, आइतवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु