punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फुटबलका महान् खेलाडी पेलेको निधन

Chaupati
safha napa

महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ।

ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत पेलेको निधन भएको उनकी छोरीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकी छन्। उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका उनले एक हजारभन्दा बढी गोल गरेका छन्।

पेले पहिले देखिनै मिर्गौलाको समस्यासँग जुधिरहेका थिए। २१ वर्षको खेल जीवनका क्रममा विपक्षीहरूसँगको घम्साघम्सीका कारण उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाएका थिए।

कालो मोतीका रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो। १५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भएका थिए। पेलेको निधनप्रति विश्वका प्रख्यात खेलाडीसँगै खेलप्रेमीले श्रद्धाञ्जली दिइरहेका छन्।


१५ पुस २०७९, शुक्रवार ०७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु