कैलालीमा कोरोनाको त्रास, सीमामा कडाइ गर्ने प्रशासनको तयारी
कैलाली । चीन र भारतमा फैलिरहेको कोरोना सङ्क्रमणको त्रास कैलालीमा पनि बढेको छ। भारतबाट आउने नेपालीबाट कोरोना भित्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सीमामा कडाइको तयारी गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण भित्रिन सक्ने खतरा औँल्याएको हो।
भारतबाट कोरोना भित्रिन सक्ने भन्दै सीमा नाकामा कडाइ गर्ने, कोरोनाबाट बच्न सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्थानीय तहलाई जानकारी गराउने , सीमामा रहेका हेल्थ डेस्कमा थप जनशक्ति, पूर्वाधार लगायतका व्यवस्थापनका लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने समेत विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
योसँगै चिसो बढेको भन्दै यसबाट जोगिन र सम्भावित दुर्घटना हुन नदिन समेत रहन आग्रह गरिएको छ ।
१४ पुस २०७९, बिहीवार १८:१९ बजे प्रकाशित






























