जो विदेशबाट धनगढीमा करोडौँको रिसोर्ट सुरु गर्न फर्किए
२०६८ पछि कबिन्द्रलाई बिदेसिनु पर्ने बाध्यता आइलाग्यो । केही वर्ष देखी काठमाडौँमा बसेर होटेल म्यानेजमेन्टको अध्ययन गरिरहेका कवीन्द्रले अध्ययन पुरा गरिसक्दा पनि त्यो अनुसारको रोजगारी पाउन सकेनन् ।
लाखौँ खर्च गरेर अध्ययन पुरा गरेका कवीन्द्रले दशौँ हजारको आम्दानी गर्न पनि काम खोज्नु पर्ने अवस्था आयो । त्यो बेला उनीसँग आफै केही गर्ने सोच नआएको होइन । तर, पुजि अभावले त्यो योजना पुरा गर्न सकेनन् । तत्कालका लागि उनी दुबै हुँदै सिंगापुर भासिए ।

उनले केही वर्ष दुबई र त्यसपछि सिंगापुरमा आफूले पढेकै बिषयमा काम गर्न थाले । त्यहाँको पाँच तारे होटेलमा राम्रो जिम्मेवारी पाएका कवीन्द्रले मासिक डेढ लाख भन्दा बढि कमाइरहेका थिए ।
केही वर्ष सम्म वैदेशिक रोजगारीबाट राम्रो आम्दानी भएपछि आफ्नो पुरानो सोच पुरा गर्न नयाँ सोच बनाए । त्यसपछि लाखौँको आम्दानीको माया मारेर आफ्नै भूमिका केही गर्ने योजना बनाए फर्किए सिंगापुरबाट ।
कवीन्द्र ऐरको घर धनगढी हो । नेपाल भारतसँग जोडिएको यो क्षेत्रमा नयाँ काम गर्न सके सफल भइने उन योजना थियो । तर, राम्रो कामका लागि राम्रै लगानी चाहिने हुँदा सिंगापुरबाट फर्किएपछि फेरी केही लगानी बढाउने योजनामा लागे । धनगढीकै नेपाल फारवयस्ट एकेडेमी, सुदूरपश्चिम एकेडेमी र क्रिस्टियन कलेजमा पढाउन थालेपछि उनीसँग थप केही लगानी बढ्यो ।

धनगढी ३ बडहरमा उनको आफ्नै जग्गा थियो । त्यहाँ नयाँ शैलीबाट नयाँ रिसोर्ट सुरु गर्ने कवीन्द्रले योजना बनाए । त्यो योजनामा धनगढीकै विक्रम शाही पनि सरिक भए ।
विक्रमसँग त्यहि अघि पनि होटेल सुरु गरिसकेको अनुभव थियो । उनी केही वर्ष देखी त्यहि पेसामा थिए । आफै केही गर्ने हुटहुटी भएका दुई युवा मिलेर मिलेर धनगढीमा ५ करोड बढि खर्चिए र तयार गरे पिसल्याण्ड रिसोर्ट।

मोहना कोरिडोर नजिकै ठुलो टावर तयार गरिएको छ । यो टावरबाट सुर्यदय र सूर्यास्त नियाल्न कयौँ व्यक्तिहरू यहाँ पुग्छन् । अहिले ७ कट्ठा जग्गामा ५ करोड बढि लगानी गरिसकेका यी दुई युवाले अब जग्गा थप गरेर लगानी पनि थप्ने योजना बनाएका छन् ।

यो रिसोर्टमा अहिले कालिजको परिकार र लोकल कुखुराको स्वाद लिन आउनेहरू बढिरहेका छन्। ठुलो लक्ष्य लिएर दुई युवाले सुरु गरेको रिसोर्ट अहिले सफल बन्दै गइरहेको छ ।
नेपालमा सफल बन्दै गइरहेका विक्रम र विदेशमा पाँच तारे होटेलमा लागिरहेका कवीन्द्र दुई जनाको आटले सुरु गरेको पिस रिसोर्टमा अहिले धनगढी आसपासबाट पनि पुग्न थालेका छन् ।
विक्रमले धनगढी भन्दा बाहिर पनि नयाँ योजना अनुसार ग्राहकहरूको मन जितिसकेका थिए । अहिले पनि धनगढीमा मन जितिरहेका छन् ।कवीन्द्र पनि नयाँ केही गर्नु पर्छ भन्दै लागिरहेका छन् । यी दुई युवाहरूले एक अर्काको सहारामा धनगढीमा नयाँ स्वाद र सेवा दिइरहेका छन् ।
‘यहाँको हामीले नयाँ स्वाद पायौँ’ टीकापुरबाट आएका एक ग्राहकले भने यस्तो ‘स्वाद हामीले जिल्लमा अन्य कहीँ पाएनौँ ।’

अहिले यहाँ आउने ग्राहकहरूको सुझावले सञ्चालकहरू अझै उत्साहित छन् । उनीहरु यस रिसोर्टलाई अझै व्यापक बनाउने तयारीमा छन् ।
‘हामी यसलाई सुदूरपश्चिममै नयाँ र नमुना बनाउन चाहन्छौँ सञ्चालक’ कवीन्द्र ऐरले भने अहिले सम्म राम्रो प्रतिक्रिया पाइरहेका छौँ ‘उहाँहरूको सुझावका आधारमा अझै केही नयाँ गर्ने सोचमा छौँ ।’

१४ पुस २०७९, बिहीवार १५:३९ बजे प्रकाशित





























