punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४ थान नक्कली नोटसहित एक जना पक्राउ

Chaupati
safha napa

तारकेश्वर नगरपालिका–४ बाट ४ थान नक्कली नेपाली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ हजार दरको ४ थान नक्कली नोटसहित बारा आदर्श कोटवाल गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई प्रहरीले पक्राउ गरेको हो ।

शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको छ ।

उनलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।


१४ पुस २०७९, बिहीवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु