punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा लागूऔषधसहित एक जना पक्राउ

Chaupati
safha napa

सदरमुकामस्थित बंगाबगरको किराना पसलबाट प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति सूचनाको आधारमा किराना पसलमा खोजतलासी गर्दा ३ किलो ८ सय ग्राम चरेससहित ७३ वर्षीय वीरसिंह लोथ्याललाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ बंगाबगरस्थित महादेव किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेससहित किराना पसलका सञ्चालक ७३ वर्षीय वीरसिंह लोथ्याल पक्राउ परेका छन् ।

चरेससहित पक्राउ परेका वृद्धलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । लोथ्याल दुहु गाउँपालिका–४ घर भइ बंगाबगरमा पसल संचालन गर्दै आएका थिए ।


१४ पुस २०७९, बिहीवार ०८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु