punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीबाट को-को छन् मन्त्रीका आकांक्षी?

Chaupati
safha napa

काठमाडौं स् पार्टीभित्र मन्त्री पदका आकांक्षी धेरै भएपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुन-कुन नेतालाई मन्त्री बनाउने भन्ने विषयमा सकस भइरहेको छ।

मन्त्री बन्ने दौडमा शीर्षस्थ नेताहरूमा वर्षमान पुन, शक्ति बस्नेत छन्। त्यस्तै महिन्द्र राय यादव, सुदन किराँती, अमरलाल मोदीले पनि मन्त्री पदमा दाबी गरेका छन्। राजन दाहाल, गंगा कार्की, माधव सापकोटा, सूर्यमान दोङ्ग, हितबहादुर तमाङलगायत मन्त्री पदको आकांक्षी रहेको माओवादीका एक नेताले बताए।

मन्त्री भइसकेका पुरानो नेतालाई मन्त्रीमा नदोहोर्‍याउने पार्टीले मापदण्ड बनाएको माओवादीका पोलिटव्युरो सदस्य भरतप्रसाद साहले बताए।

‘धेरै नेताहरू मन्त्री बन्न चाहनुहुन्छ। दुई(चार दिनभित्र कुन नेतालाई कुन मन्त्रालयको जिम्मेवारीमा पठाउने पार्टीले निर्णय गर्छ,’ उनले भने, ‘जसपा, नेकपा एस, राप्रपालगायत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्रीज्यु छलफलमा हुनुहुन्छ।’ उनीहरूसँग सहमति भएपछि माओवादीबाट कसलाई सरकारमा पठाउने अन्तिम टुंगो लाग्ने उनले बताए।

गठबन्धनमा भागबण्डदा हुँदा माओवादीले ५ वटा मन्त्रालय पाउने सम्भावना रहेको माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले अन्नपूर्णलाई बताए। देउवा नेतृत्वको गठबन्धन टुटेपछि एमालेको समर्थनमा नयाँ समीकरण बनाएर पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वधार तथा यातायातमन्त्री भइसकेका छन्।

पार्टीले नयाँ अनुहारका युवाहरूलाई मन्त्री बनाउने नेता शर्माले बताए। ‘लाखौं जनताले मतदान गरेर नयाँ काम गर्ने अनुहार रोजेको छ। त्यसैले युवाहरूलाई पार्टी मन्त्री बनाउनेजस्तो छ,’ उनले भने, ‘जनमतको सम्मान गर्नु र जनविश्वास आर्जन गर्न सरकारको पहिलो प्राथमित हुनुपर्छ।’


१३ पुस २०७९, बुधवार २०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु