punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा बैठक : बहुसंख्यक नेता सरकारमा जानुपर्ने पक्षमा

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।

बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार कार्यसम्पादन समितिका ९० प्रतिशत सदस्यले सरकारमा सहभागी हुनुपर्ने राय दिएका छन् । यद्यपि बैठक नसकिएकाले निर्णय नभएको ती नेताले बताए ।

 


१३ पुस २०७९, बुधवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु