punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड निवासमा साढे दुईघण्टा बिताएर फर्किए ओली

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा करिब साढे दुई घण्टा बिताएर फर्किएका छन् ।

अत्यन्त तिक्ततापूर्ण सम्बन्ध रहेको भए पनि सरकार गठनसँगै दुई नेताबीचको वार्ता बाक्लिँदै गएको छ । दाहाललाई भेट्न ओली साढे ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

उनी पौने दुई बजे बाहिरिएका थिए । बाहिरिने क्रममा संक्षिप्त कुरा गर्दै सरकारलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताए ।

ओली दुई वर्ष नौ दिनपछि बुधबार पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार पुगेका हुन् । पहिलोपल्ट प्रतिनिधिसभा विघटनको अघिल्लो साँझपछि ओली खुमलटार गएका थिएनन् ।

यसअघि, ०७७ पुस ४ गते साँझ तत्कालीन प्रधानमन्त्री ओली आफू अध्यक्ष रहेको तत्कालीन नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार गएका थिए । उक्त भेटमा ओलीले आफूलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट हटाउन खोजेको बताउँदै आफूविरुद्ध सचिवालयमा दर्ता गरिएको १९ बुँदे आरोपपत्र प्रचण्डले फिर्ता नलिए संसद् विघटन गरेर अघि बढ्ने बताएर फर्किएका थिए ।

दुई वर्षअघिको उक्त भेटमा ओली प्रधानमन्त्री थिए । बुधबारको भेटमा उनै ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।

यसबीचको दुई वर्षमा नेकपा विघटन भई एमाले र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आइसकेको छ । एमाले र माओवादी केन्द्रले एकार्कालाई सिध्याउने प्रयास गर्दा योपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुवैले पहिलेको आकार गुमाएर प्रत्यक्षतर्फ करिब आधा–आधा सिट मात्र जितेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार दिनअघि अकस्मात् ओलीनिवास बालकोट पुगेपछि नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन विघटन भई एमाले नेतृत्वको नयाँ गठबन्धनको निर्माण भएको छ । ओलीसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।


१३ पुस २०७९, बुधवार १४:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु