punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराका चेतन ऐडिको हत्यामा संलग्नलाई कारबाही गर्न उपप्रधानमन्त्री पौडेलसँग विद्यार्थी नेताहरूको माग

Chaupati
safha napa

बाजुरामा हत्या गरिएका विद्यार्थी नेता चेतन ऐडिको हत्यामा संलग्नहरूलाई पक्राउ गरि कारबाही गर्न एमाले सम्बद्ध विद्यार्थी सङ्गठनका नेताहरूले सरकारसँग माग गरेका छन् । आज सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले दोषि माथि कडा कारबाहीको माग गरेको हो।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुनिता बरालको नेतृत्वमा गएको विद्यार्थी नेताहरूको टोलीले बाजुरामा बुथ कब्जा गर्न नदिएको भन्दै हत्या गरिएका ऐडिलाई न्याय दिन आग्रह गरेको थियो ।

निर्वाचन सम्पन्न गरेर घरमै रहेको अवस्थामा घरबाट निकालेर कुटपिट गरि बीभत्स हत्या गर्ने सबैमाथि कारबाही हुनुपर्ने प्रतिनिधि सभा सदस्य अनेरास्ववियु अध्यक्ष बरालले जोड दिइन् । सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री पौडेलले घटनाको निष्पक्ष छानबिन गरेर दोषि देखिएकाहरू माथि कडा कारबाही हुने बताएका छन् ।

‘दण्डहीनता अन्त्य गर्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ’ उनले भने ‘दोषि देखिएकाहरू कोही उम्किन पाउँदैनन् । सरकारले कारबाही गर्छ । घटनामा बीभत्स हत्या गर्ने २२ जना विरुद्ध अहिले मुद्दा रहेको छ । तर, प्रहरीले उनी सबैलाई पक्राउ गर्न आलटाल गरेको आरोप छ । केही पक्राउ परेका छन् । तर, उनीहरूलाई पनि उन्मुक्ति दिने चलखेल भइरहेको भन्दै विद्यार्थी नेताहरूले सरकारको ध्यानाकर्षण गराएको अनेरास्ववियु सुदूरपश्चिम अध्यक्ष मनोज राईले बताए ।

भोली यस बिषयमा गृह मन्त्री रबी लामिछानेलाई पनि जानकारी गराउने र कारबाहीका लागि दबाब दिने कार्यक्रम रहेको राईले बताए । आज केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य बराल सहित उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज मोती विक, केन्द्रीय उपमहासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष मनोज राई, केन्द्रीय सचिवालय सदस्य सागर भट्ट लगायतले पौडेललाई भेटेर दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

मङ्सिर ४ गते बाजुरामा हत्या गरिएका ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष थिए ।


१२ पुस २०७९, मंगलवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु