कैलालीमा आगलागीबाट ज्यान गुमाएको परिवारलाई २ लाख राहत
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आगलागीबाट ज्यान गुमाएको परिवारलाई २ लाख सहयोग गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका मा ११ जितबहादुर थारुको श्रीमती चरण देवी डगौरा थारुलाई जिल्ला प्रशासन कार्यालय कैलालीले २ लाख राहत रकम हस्तान्तरण गरेको हो । यहि २ गते जितबहादुर चौधरीको आगलागीमा परेर मृत्यु भएको थियो ।
आज घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतको उपस्थितिमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
वडा नम्बर ११ को वडा कार्यालयको सिफारिसका आधारमा उनलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयले राहत रकम सहयोग गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
१२ पुस २०७९, मंगलवार १८:२५ बजे प्रकाशित






























