पाकिस्तानमा ६ सैनिक र १७ सर्वसाधारणको हत्या गर्ने समूहको व्यापक खोजी
क्वेटा । पाकिस्तानी फौज दक्षिणपश्चिम प्रान्तका विभिन्न स्थानमा आक्रमण गरी ६ जना सैनिक र १७ जना सर्वसाधारणको हत्या गर्ने समूहको खोजी कार्यमा जुटेको छ ।
दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी अब्दुल अजिज युकाइलीले आइतबार सो प्रान्तका कुल ९ स्थानमा हिंसात्मक आक्रमण भएको जनाएका छन् । उनले आक्रमणमा कोही पनि सर्वसाधारण नमारिएको भन्दै ट्विट गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले बालुचिस्तानको हिंसात्मक घटनाको भर्त्सना गरेका छन् ।
सेनाले जारी गरेको एक विज्ञप्तिमा अफगानिस्तानको सिमासँग जोडिएको बालुचिस्तानको विकट क्षेत्र काहानमा सुरक्षा सुनिश्चतता गर्न गइरहेको सुरक्षाकर्मीको सवारी साधन नजिक एउटा बम विस्फोट हुँदा एकजना सैनिक क्याप्टेनलगायत पाँचजना सैनिक मारिएको जनाइएको छ । बम आक्रमणका लागि कुनै पनि लडाकु समूहले जिम्मेवारी लिएको छैन ।
त्यसैगरी अजफार मोहेसार नामक एक प्रहरी अधिकारीले अर्को एकजना सैनिक झोव जिल्लाको साम्वाजा क्षेत्रमा पाकिस्तानी तालिवानसँग भएको गोली हानाहानमा मारिएको बताएका छन् ।
प्रान्तीय राजधानी क्वेटाको एउटा आवासीय क्षेत्र नजिकको बजारमा आक्रमणकारीहरूले एउटा ह्यान्ड ग्रिनेड प्रहार गर्दा अन्य १२ जना मानिस घाइते भएका छन् । यसैगरी बालुचिस्तानकै कालात, खुज्दार र हुब सहरमा भएका अन्य आक्रमणमा थप पाँचजना घाइते भएका छन् ।
“तेहरिक–ए–तालिवान पाकिस्तान अर्थात टीटीपीले सेनाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै एकतर्फी युद्धविराम अन्त्य गरी नोभेम्बरदेखि पाकिस्तानभरि आक्रमणलाई तीव्रता दिन थालेको छ ।
१२ पुस २०७९, मंगलवार ०६:१८ बजे प्रकाशित































