सुशान्तको आत्महत्या थिएन, हत्या थियोः पोस्टमार्टममा संलग्न अधिकारी
लिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, उनको निधनको कारणबारे अहिले पनि भारतमा चर्चा भइरहेको छ ।
मुम्बई प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएको थियो । तर, उनको परिवार यसमा सहमत हुन सकेको थिएन । परिवारले सुशान्तको हत्या भएको बताएको थियो ।
अब फेरि यो घटनामा नयाँ मोड आएको छ ।
उनको शवको पोस्टमार्टममा संलग्न एक अधिकारीले उनको हत्या भएको बताएका छन् । यस्तो बताउने अधिकारी हुन्, रुपकुमार शाह ।
१४ जुन २०२० मा सुशान्त उनकै अपार्टमेन्टमा मृत भेटिएका थिए ।
अब रुपकुमारले भारतीय एक टिभीमा कुरा गर्दै सुशान्तको घाँटीमा केही निशानाहरु भएको र यसले उनको हत्या भएको प्रमाणित हुने बताएका हुन् ।
१२ पुस २०७९, मंगलवार ०६:१६ बजे प्रकाशित































