दामोदर भण्डारी मन्त्री बन्दै
बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री हुने भएका छन् । २०७०,२०७४र २०७९ मा लगातार जितेका भण्डारी एमाले सुदूरपश्चिम अध्यक्ष पनि हुन् । उनको मन्त्रालयको टुङ्गो भने लागेको छैन । उनी शपथ ग्रहण गर्ने ।राष्ट्रपति कार्यालय जाँदै छन्
भण्डारीसँगै प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्दै छन्
एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री निश्चित भइसकेको छ ।
यी सबै मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिनेछन् ।
११ पुस २०७९, सोमवार १५:०२ बजे प्रकाशित































