punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

Chaupati
safha napa

पाल्‍पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजे निस्दी गाउँपालिका-७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै सुनवल भित्री कच्ची सडकमा टिपर दुर्घटना भएको हो।

टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुडेर पार्किङमा रहेको ग २ ख ०७७१ नम्बरको टिपरसँग ठोक्किएको थियो।

ठोक्किँदा सुर्खेत चिनगाड गाउँपालिका-६ बस्ने जितबहादुर चलाउने दुई टिपरबीच च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


११ पुस २०७९, सोमवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु