punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वका उत्कृष्ट ११ फुटबलरको नाम सार्वजनिक

Chaupati
safha napa

फुटबल तथ्यांकहरुको विश्लेषण गर्ने बेवसाइट ओप्टा एनालिस्टले विश्वका उत्कृष्ट ११ फुटबलर चयन गरेको छ। खेलाडीको प्रस्तुतिलाई विश्लेषण गरेर ओप्टाले टीम अफ द टुर्नामेन्ट जारी गरेको हो। यसरी छानिएका खेलाडीमध्ये उत्कृष्ट गोल किपरमा क्रोएसियाका डोमिनिक लिभकोभिक परेका छन्। उनले विश्वकपमा हरेक खेलमा औसत ३.५ सेभ गरे जुन सबैभन्दा धेरै हो।

यस्तै मोरक्कोका अशरफ हाकिमी राइट ब्याक डिफेन्डर पोजिसनका लागि छनोट भएका छन्। हाकिमीले विश्वकप फुटबलमा सबैभन्दा धेरै २६ ट्याकल गरेका थिए। यस्तै सेन्ट्रल डिफेन्डरमा ब्राजिलका मारक्विनहोस परेका छन्।

क्रोएसियाका डिफेन्डर गार्डियोल, फ्रान्सका लेफ्ट ब्याक डिफेन्डर थियो हर्नान्डेज, अर्जेन्टिनाका फर्नान्डेज चयन भएका छन्। मिडिफिल्डरमा फ्रान्सका अरेलियन चौमेनी, एन्टोइन ग्रिजम्यानलाई छनौट गर्दा फरवार्डमा अर्जेन्टिनाका लियोनेल मेसी, जुलियन अल्भारेज र फ्रान्सका किलियन एमबाप्पेलाई छनौट गरिएको छ।  सन् २०२२ को विश्वकपमा मेसीले गोलतर्फ अधिकतम ३२ शट प्रहार गरेका थिए। यस विश्वकपमा मेस्सीले ७ गोल र ३ असिस्ट गरेका छन्।

२२ वर्षीय जुलियन अल्भारेजले यो विश्वकपमा ४ गोल गरेका छन्। अल्भारेजले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा सबैभन्दा धेरै (८) गोल गरेका छन्। साथै, उनले सबैभन्दा बढी २५ ड्रिबल पूरा गरेका छन्।

 


५ पुस २०७९, मंगलवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु