punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डाक्टर जन्माउँदै जयपृथ्वी नगरपालिका

Chaupati
safha napa
१५ शय्याको चिकित्सक दरबन्दीमा ५० शय्या भन्दा बढिको सेवा दिइरहेको बझाङ जिल्ला अस्पतालमा अहिले चिकित्सक अभाव सृजना भइरहेको छ  । विशेषज्ञ चिकित्सक पर्याप्त नहुँदा अहिले यहाँ आएका बिरामीहरूलाई अन्यत्र पठाउनु पर्ने बाध्यता छ । आएका चिकित्सकहरू पनि यहाँ लामो समय बन्न मान्दैनन् ।
जिल्ला अस्पतालमै विशेषज्ञ चिकित्सक अभाव हुन थालेपछि यहाँको जनपृथ्वी नगरपालिकाले आफै डाक्टर उत्पादन गर्ने नीति लिएको छ । डाक्टर बढ्न थाहेका व्यक्तिहरुलाई नगरपालिकाले आफ्नै लगानीमा पढाउने र उनीहरूलाई डाक्टर बनाएर तीन वर्ष जिल्ला अस्पतालमा सेवा गर्न लगाउने योजना अघि सारेको छ ।
No description available.
‘जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर बस्न मान्दैनन् । यहाँ पर्याप्त डाक्टर नहुँदा बेला बेलामा समस्या हुन्छ’ जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले भने ‘हामीले त्यसलाई केही सहज होस् भन्ने हेतुले डाक्टर पढ्न चाहने जेहेन्दार विद्यार्थिहरुलाई नगरपालिकाले पढाउने नीति लिएको छ ।’
नगरपालिकाले पहिलो पटक सम्बन्धी सूचना नै जारी गरेको थियो ।
दुर्गममा डाक्टर बन्न चाहने ७ जनाले निवेदन दिएका थिए । जेहेन्दार र विपन्नका आधारमा नगरपालिकाले गजेन्द्र महर छनोट गरेको थियो । महर अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरिरहेका छन् । यसै गरी अन्य वर्षहरूमा पनि एक एक जनालाई डक्टर बनाउने लक्ष्य रहेको नगर प्रमुख बजालले बताए ।
No description available.
पहिलो वर्ष पुरुषलाई छात्रवृत्तिमा चिकित्सा शिक्षा दिइरहेको नगरपालिकाले अर्काे वर्ष महिला र त्यसपछि एक जना दलितलाई छनोट गर्ने योजना बनाएको छ। त्यसपछिका दुई वर्ष खुल्ला तर्फबाट छात्रवृत्तिमा चिकित्सा शिक्षा दिने योजना रहेको नगर प्रमुख बजालले बताए ।
‘हाम्रो पाँच वर्षको कार्यकालमा जिल्लामा पाँच जना विशेषज्ञ डाक्टर जन्माउने हाम्रो उद्देश्य हो’ नगरप्रमुख बजालले भने ‘हामीले पाँच जनालाई मात्रै डाक्टर बनाउन सक्यौँ भने यहाँका नागरिकले वर्षाै सम्म विशेषज्ञ सेवा पाउने छन् ।’
No description available.
नगरपालिका प्रमुख  बजालका अनुसार छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न जानेलाई सुरुको तीन वर्ष जिल्ला अस्पतालमा सेवा दिनु पर्ने सर्त पनि राखिन्छ । उनीहरूसँगको त्यो समझदारीमा नगरपालिकाले छात्रवृत्ति दिने कार्यविधि तयार गरिएको छ ।

५ पुस २०७९, मंगलवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु