punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचित सांसदहरुको शपथ पुस ७ गते

Chaupati
safha napa

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ। संघीय संसद् सचिवालयले ७ गते दिउँसो १ बजे २ सय ७५ जना प्रतिनिधि सांसदको शपथ गराउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

उनका अनुसार मंसिर ४ गतेको निर्वाचनबाट चुनिएका नयाँ सांसदहरुको सपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि अरू सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन्।

शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयमा छलफल जारी छ। संसद सचिवालयले माग गरेको निर्वाचित सांसदको उमेरसहितको विवरण निर्वाचन आयोगले हिजै पठाइसकेको छ।

शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने नियमानुसार संसद सचिवालयले आजै सूचना जारी गर्ने  बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो।


४ पुस २०७९, सोमवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु