कैलाली गोली काण्ड: सुरक्षाको माग गर्दै सुनचाँदी पसल बन्द
असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै प्रहरीकै अगाडि गोली प्रहारगरी व्यवसायीमाथि लुटपाट भएको भन्दै उनीहरूको पसल बन्द गरेका हुन् ।
सुनचाँदी व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको बताए ।
दिनदहाडै गोली प्रहारगरी सुन लुटिएको घटना सामान्य नभएको बताउँदै अध्यक्ष लामिछानेले घटनामा संलग्नको पहिचान गरी पक्राउ नगरेसम्म व्यवसायीहरू सुरक्षित नहुने बताए । उनले अहिले एक जनालाई परेको उक्त घटना पछि अरू व्यवसायीहरूमाथि समेत हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह समेत गरे ।
सोमबार साँझ गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम ९सुनार०माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो । सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२र३३ तोला सुन लुटेर फरार भएको प्रहरीले जनाएको छ। आक्रमणकारीलाई पक्राउ र व्यापारीको सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका हुन् ।
४ पुस २०७९, सोमवार १३:४८ बजे प्रकाशित






























