punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक प्रहरी निरीक्षक सुतेकै अवस्थामा मृत फेला

Chaupati
safha napa

सोलुखुम्बुमा एक प्रहरी निरीक्षक सुतेकै अवस्थामा मृत फेला परेका छन् । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

बेलुका खाना खाएर सुतेका राई ओछ्यानमा मृत भेटिएका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राई ओखलढुंगाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए ।

उनी पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आएका थिए । राईको सब पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


२९ मंसिर २०७९, बिहीवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु