punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

Chaupati
safha napa

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा जिप चालक डोटीको जोरायल गाउँपालिका २ का बिष्णु भट्ट, बझाङ बुङ्गल नगरपालिकाकी हर्का देवी धामी, सचिन धामी , मैनादेवि बोहरा, लालीदेवि कार्की र धनसरा सिंह रहेका छन् ।

गएराति धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१ च ३३८८ नम्बरको जिप पुर्चौडी नगरपालिका ७ सुइलेकमा दुर्घटनामा परेको हो । घाइतेहरुलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


२९ मंसिर २०७९, बिहीवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु