punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनुषामा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

Chaupati
safha napa

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो ।

बुधवार राति १० बजे पूर्वबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा पछि-पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल कोक्किएर थियो । बसमा ठक्कर खाएको मोटरसाइकल अनियन्त्रित भएर काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।

घाइते मोटरसाइकल चालक महतोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । दुर्घटनासँग जोडिएका बस, हाइस र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ ।


२९ मंसिर २०७९, बिहीवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु