punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रण

Chaupati
safha napa

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी इलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका विभिन्न सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमवार करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारत घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो । बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।


२७ मंसिर २०७९, मंगलवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु