punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेइमारले बराबरी गरे पेलेको कीर्तिमान

Chaupati
safha napa

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिमबाट पेलेको कीर्तिमान बराबर गरेका छन् ।

एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा गोल गर्दै नेइमारले पेलेको ७७ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबर गरेका हुन् ।
उनले पेलेले ९२ खेल खेल्दै बनाएको ब्राजिलका लागि सर्वाधिक गोल कर्ताको कीर्तिमान १२४ खेलमा बराबरी गरे ।

अतिरिक्त समयमा नेइमारले गोल गरेपनि ब्राजिल पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको छ ।ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।


२४ मंसिर २०७९, शनिवार ००:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु