पाँच मिनेट नहुँदै फोडियो लम्की चुहा नगरपालिकाको ताला
कैलाली। कैलालीको लम्की चुहा नगरपालिकामा लगाइएको ताला फोडिएको छ । सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टीले लगाएको ताला पाँच मिनेट नहुँदै फोडिएको हो ।
प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला फोडेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शङ्कर खड्काले बताए ।
पुराना मोटरसाइकलहरू हुँदा हुँदा नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको , सार्वजनिक खरिद ऐन विपरीत काम गरेको, नगर प्रमुखले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्य हीन महँगो विलासी सवारी साधन खरिद गरेको र सरकारी बजेटमा ब्रमलुट मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको थियो।
उनीहरूले मोटरसाइकल फिर्ता गर्न समेत चेतावनी दिएका थिए ।
२३ मंसिर २०७९, शुक्रवार १४:१७ बजे प्रकाशित













