सरकारी सम्पत्ति दुरुपयोग गरेको भन्दै लम्की चुहा नगरपालिकामा तालाबन्दी

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको छ ।
पुराना मोटरसाइकलहरू हुँदा हुँदा नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको , सार्वजनिक खरिद ऐन विपरीत काम गरेको, नगर प्रमुखले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्य हीन महँगो विलासी सवारी साधन खरिद गरेको र सरकारी बजेटमा ब्रमलुट मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले तालाबन्दी गरेको जनाएको छ ।
मोटरसाइकल फिर्ता गर्न चेतावनी दिँदै आर्थिक प्रशासन शाखामा तालाबन्दी गरिएको हो ।

२३ मंसिर २०७९, शुक्रवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु