विश्वकपको दोस्रो क्वार्टरफाइनलमा आज अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
LUSAIL CITY, QATAR - NOVEMBER 26: Lionel Messi of Argentina celebrates scoring his side's first goal during the FIFA World Cup Qatar 2022 Group C match between Argentina and Mexico at Lusail Stadium on November 26, 2022 in Lusail City, Qatar. (Photo by Dan Mullan/Getty Images)
कतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरु शुरु हुँदैछन् । आज दुई खेल हुँदैछन् । पहिलो खेलमा राति ८ः४५ बजे ब्रजिल र क्रोएसिया खेल्दैछन् ।
दोस्रो खेलमा राति अर्जेन्टिना र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेल राति १२ः४५ बजे शुरु हुनेछ । लुसाइल स्टेडियममा हुने यो खेल जित्दै दुवै टोली सेमिफाइनलमा पुग्न भरमग्दूर प्रयास गर्नेछन् ।
अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो । यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।
२३ मंसिर २०७९, शुक्रवार ०९:४३ बजे प्रकाशित













