बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको अनारखोलीबाट ठूलीखाली गइरहेको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसिलीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय तेजबहादुर साउँद रहेका छन् । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिपमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सडकबाट जिप करिब १५० मिटर तल खसेको थियो ।
२३ मंसिर २०७९, शुक्रवार ०९:०९ बजे प्रकाशित